Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे परराष्ट्रले भन्यो - भ्रामक सामग्रीको विश्वास नगर्नू

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे परराष्ट्रले भन्यो - भ्रामक सामग्रीको विश्वास नगर्नू

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे उठेका आशंका र विवादबारे परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा धारणा सार्वजनिक गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्पेन भ्रमणप्रति उठाइएको केही विषयहरू भ्रामक, तथ्यहीन र गलत नियतमाथि आधारित रहेको जनाएको छ । मन्त्रालयले यस्ता प्रचारप्रति विश्वास नगर्न र सजग रहन आग्रह गरेको छ ।

स्पेनको सेभिया सहरमा आयोजित विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता अन्तर्राष्ट्रिय प्रचलन र राष्ट्रहितका आधारमा भएको भन्दै मन्त्रालयले प्रतिनिधिमण्डल सम्पूर्णरूपमा स्वदेश फर्किएको स्पष्ट पारेको छ।

“सरकारका निर्णय, अन्तर्राष्ट्रिय अभ्यास र मितव्ययी व्यवस्थाअनुरूपै प्रधानमन्त्री ओलीको नेतृत्वमा प्रतिनिधिमण्डल स्पेन गएको हो,” विज्ञप्तिमा उल्लेख छ, “सम्मेलनमा सहभागी सम्पूर्ण प्रतिनिधि स्वदेश फर्किसकेका छन्।”

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीको भ्रमणका क्रममा केही प्रतिनिधि स्पेनमै छाडिएको दाबी गरेकी थिइन्। तर बुधबारको संसद बैठकमा उनले आफ्नो अभिव्यक्ति सच्याउँदै अनावश्यक आशंका नबढाउने प्रयास गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077