Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नेतामाथि गरिएको अनुशासन कारबाही तत्काल फिर्ता गर्न नेता भण्डारीको चेतावनी

नेतामाथि गरिएको अनुशासन कारबाही तत्काल फिर्ता गर्न नेता भण्डारीको चेतावनी

बिहिवार , आषाढ २६, २०८२

काठमाडाैं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले पार्टीद्वारा केही नेतामाथि गरिएको अनुशासन कारबाहीलाई प्रतिशोधपूर्ण कदम भन्दै तत्काल फिर्ता गर्न चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “अनुशासनको कारबाही हो कि प्रतिशोध? आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति !!! नेपाली उखान पोहोर मरिन् सासू, अहिले आए आँसु ! बेमौसमी बाजा ! गम्भीर आपत्ति !! अपरिपक्व निर्णय तुरुन्त फिर्ता गर !!!”

यसअघि, नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी वा पार्टीले समर्थन गरेका उम्मेदवारको विपक्षमा गतिविधि गरेका नेताहरूलाई कारबाही गरेको थियो।

अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार उम्मेदवारलाई हराउन गलत उद्देश्यका साथ सामाजिक सञ्जाल, अडिओ–भिडिओलगायत विभिन्न माध्यममार्फत असहयोग गरिएको प्रमाणका आधारमा कारबाही गरिएको हो।

उनले पार्टीका उम्मेदवारविरुद्ध योजनाबद्ध रुपमा काम गर्ने नेता तथा कार्यकर्तालाई निष्कासन र निलम्बन गर्ने निर्णय गरिएको जानकारी दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077