Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेसभित्र रडाको, अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको शेखर समूहको आरोप

कांग्रेसभित्र रडाको, अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको शेखर समूहको आरोप

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष निकालेको छ ।

आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप पनि लगाएको हो ।

बैठकमा सहभागी नेता राजेन्द्र बजगाईँले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए ।

नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए ।

आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए ।

त्यसैगरी बैठकमा सहभागी अर्का नेता अर्जुननरसिंह केसीका अनुसार अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको बारे छलफल भएको बताए ।

उनले भने–‘पूर्वाग्रहपूर्ण तरिकाले ठूला ठूला योगदान दिएका साथीहरूलाई कारबाही भएको छ, पुनरावेदन दिएपछि यसबारे केन्द्रीय कार्यसमितिमा छलफल गर्छौं । ‘हामी ती साथीहरूलाई अन्याय हुन दिंदैनौं । विधान र विधानको नियमावलीभन्दा बाहिर गएर भएका कुनै पनि कारबाहीहरूलाई हामी स्वीकार गर्दैनौं।’

उनले पार्टी अनुशासन नै संस्थाको बल भएकोले शेखर समूह पनि अनुशासनको पक्षमा रहेको बताए ।

उनले भने–‘तर जुन पूर्वाग्रह, आग्रह, पक्षपातपूर्ण र एउटा गिरोहको स्वार्थको निम्ति गरिएको छ, यो पार्टीको अनुशासनको कारबाहीभन्दा स्वार्थ समूहको कारबाहीको रूपमा देखिएको छ। त्यसलाई हामी स्वीकार गर्दैनौं ।’

बैठकमा समूहका नेता कोइरालाले अनुशासनको कारबाहीप्रति असहमति राखेका र अनुशासन समितिका दुई सदस्यले यो कारबाहीप्रति नोट अफ डिसेन्ट नै लेखेको जानकारी दिएका थिए ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङलगायत नेताहरू सहभागी थिए। तर, कोइराला समूहबाटै महामन्त्री बनेका गगन थापा समूह भने बैठकमा सहभागी भएन।

बैठकले सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको छ। त्यस्तै, केन्द्रीय कार्यसमिति बैठक चलिरहेकै बेलामा कारबाही घोषणा गरिएकोप्रति पनि आपत्ति जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077