Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिवि वार्षिक साधारणसभा : ६३ औँ ग्रेसलिष्ट पारित, आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत

त्रिवि वार्षिक साधारणसभा : ६३ औँ ग्रेसलिष्ट पारित, आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत

बिहिवार , आषाढ २६, २०८२

२१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न कुलपतिको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभाले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८/र०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ ।

कार्यक्रममा कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।

सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त उपकुलपति प्राडा।दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत ९करिब चार हजार० विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।

अर्याल हिजो मात्रै उपकुलपतिमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077