Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिविको वार्षिक साधारणसभाबाट ६३ औं ग्रेस लिस्ट पारित

त्रिविको वार्षिक साधारणसभाबाट ६३ औं ग्रेस लिस्ट पारित

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीसहितको ६३ औं ग्रेस लिस्ट पारित गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ ।

कुलपति ओलीले विश्वविद्यालयलाई २१ औं शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077