काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।
राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।
उनले ‘टिम स्पिरिट’ का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे ।