Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

जनमत पार्टीद्वारा दुई केन्द्रीय नेतासँग स्पष्टीकरण माग, सात दिनभित्र जवाफ दिन निर्देशन

जनमत पार्टीद्वारा दुई केन्द्रीय नेतासँग स्पष्टीकरण माग, सात दिनभित्र जवाफ दिन निर्देशन

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौँ । जनमत पार्टीले आफ्नै दुई नेतासँग पार्टी हितविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण माग गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) लाई स्पष्टीकरण सोधिएको हो ।

बिहीबार बसेको पार्टी केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार दुबै नेतालाई सात दिनभित्र लिखित रूपमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको बताइएको छ ।

स्पष्टीकरण पत्र बिहीबार नै दुबै नेतालाई पठाइसकिएको छ । पार्टीले समयमै सन्तोषजनक जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077