Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

शेखर कोइरालाको सरकारलाई आग्रह - केरुङमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस्

शेखर कोइरालाको सरकारलाई आग्रह - केरुङमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस्

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चीनको केरुङमा अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केरुङमा व्यवसाय र रोजगारीका लागि गएका नेपालीहरू आवत–जावत बन्द हुँदा समस्यामा परेका छन् ।

कोइरालाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत चिन्ता व्यक्त गर्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, “रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल–चीन आवत जावत बन्द भएको छ। जसले गर्दा केरुङमा रहेका धेरै नेपालीहरू त्यहीँ अलपत्र परेका छन्। ती नेपालीहरूलाई तुरुन्तै वैकल्पिक मार्गबाट उद्धार गर्न म सरकारसँग आग्रह गर्दछु।”

उनले ती नेपालीहरूलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको उल्लेख गर्दै चीन सरकारसँग समन्वय गरेर छिटोभन्दा छिटो उद्धारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बाढीले पुल बगाएपछि रसुवागढी हुँदै हुने नेपाल–चीन व्यापार र यातायात पूर्णरूपमा ठप्प हुँदा केरुङतर्फ गएका दर्जनौं नेपालीहरू बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077