Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कपिल शर्माको क्यानडास्थित क्याफेमा गोलीबारी, 'मोस्ट वान्टेड' आतंककारी लड्डीले लिए जिम्मेवारी

कपिल शर्माको क्यानडास्थित क्याफेमा गोलीबारी, 'मोस्ट वान्टेड' आतंककारी लड्डीले लिए जिम्मेवारी

शुक्रवार , आषाढ २७, २०८२

एजेन्सी । भारतीय कमेडियन कपिल शर्माको क्यानडास्थित क्याफेमा गोलीबारी भएको छ ।

कपिल शर्माले श्रीमती गिन्नी चतरथसँग मिलेर क्यानडामा खोलेको क्याप्स क्याफे केही दिनमै आक्रमणको शिकार बनेको छ ।

क्याफे सञ्चालनमा आएको केही दिनपछि क्यानडास्थित उक्त रेस्टुरेन्टको भवनमा अज्ञात व्यक्तिहरूद्वारा गोलीबारी गरिएको हो ।

समाचार अनुसार आक्रमणकारी कारमा आएर केही राउन्ड गोली प्रहार गरेका थिए । यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

यस आक्रमणको जिम्मेवारी खालिस्तानी आतंककारी हरजीत सिंह लड्डीले लिएका छन् । लड्डी भारतको एनआईएको मोस्ट वान्टेड आतंककारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077