Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका यात्रीको प्रत्यक्ष प्रसारण गर्ने नासाको तयारी

‘अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका यात्रीको प्रत्यक्ष प्रसारण गर्ने नासाको तयारी

शनिवार , आषाढ २८, २०८२

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन–४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन–४’ एक निजी अन्तरिक्ष अभियान हो ।

जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए । यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत शुरु भएको थियो ।

टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्याण्डका स्लावोस उजनान्स्की, हङ्गेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

मिसनका क्रममा झन्डै ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वी फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले पर्सी जुलाई १४ मा गर्ने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरेका छन् । प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077