Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टिचिङमा आधुनिक थ्री टेस्ला एमआरआई सञ्चालनमा, इमर्जेन्सी वार्डमा १५ शय्या थप

टिचिङमा आधुनिक थ्री टेस्ला एमआरआई सञ्चालनमा, इमर्जेन्सी वार्डमा १५ शय्या थप

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा १५ शय्या थपिएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ बजेट दिएको थियो । सेवा शुरुआत गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालप्रति नागरिकको भरोसा रहेको बताए ।

इमर्जेन्सीका ग्रीन एरिया वार्डमा थपिएको सेवाले धेरै नागरिकलाई सहज हुने भन्दै मन्त्री पौडेलले थप विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्यमन्त्री पौडेलले भने–‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ ।’

कार्यक्रममा अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।

बिरामी संख्या अधिक भएपनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एउटै बेडमा दुई जनासम्म भर्ना गर्नु परेकाले थपेर ग्रीन एरियामा १५ शय्या पुर्याइएको हो ।

यसअघि उक्त वार्डमा जम्मा आठ वटा मा बेड थिए । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । सामान्य प्रकृतिका स्वास्थ्य समस्याका विरामी राखिने एल्लो एरियामा भने अब २० शय्या हुने भएको छ ।

साथै अस्पतालमा आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077