Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली हमलामा इरानका राष्ट्रपति घाइते भएको खुलासा

इजरायली हमलामा इरानका राष्ट्रपति घाइते भएको खुलासा

सोमवार , आषाढ ३०, २०८२

एजेन्सी । हालैको इजरायल–इरान सैन्य युद्धमा इरानी राष्ट्रपति मसुद पेजेसकियान घाइते भएको खुलासा भएको छ ।

इरानको रिभोलुसनरी गार्डसँगनजिक रहेको सरकारी फार्स समाचार एजेन्सीका अनुसार १६ जुनमा राजधानी तेहरानमा रहेको एक गोप्य भूमिगत सुविधाको प्रवेश र निकास बिन्दुहरूलाई लक्षित गरी ६ वटा बम हमला गरिएको थियो जहाँ पेजेसकियान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठकमा सहभागी थिए ।

राष्ट्रपति र अन्य व्यक्तिहरू आपतकालीन मार्गबाट भाग्ने क्रममा उनको खुट्टामा चोट लागेको दाबी गरिएको छ ।

इरानले अब इजरायली एजेन्टहरूको घुसपैठको सुराग पछ्याइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077