Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लन्डनको साउथेन्ड विमानस्थलमा विमान दुर्घटना, उडानहरू स्थगित

लन्डनको साउथेन्ड विमानस्थलमा विमान दुर्घटना, उडानहरू स्थगित

सोमवार , आषाढ ३०, २०८२

एजेन्सी । बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।

विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार किङ एयर बी-२०० विमान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियो। विमान नेदरल्याण्ड्सका लागि उडिरहेको अनुमान गरिएको छ।

घटनापछि आपतकालीन टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। हाल राहत कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077