Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकाको चर्चमा गोलाबारी : दुई महिलाको मृत्यु, दुई पुरुष घाइते

अमेरिकाको चर्चमा गोलाबारी : दुई महिलाको मृत्यु, दुई पुरुष घाइते

सोमवार , आषाढ ३०, २०८२

एजेन्सी । केन्टकीस्थित एक चर्चको परिसरमा भएको गोलाबारीमा दुई महिलाको मृत्यु भएको छ भने दुई जना पुरुष घाइते भएका छन् ।

यो घटना एक बन्दुकधारीले एक प्रहरी अधिकारीलाई गोली हानी घाइते बनाएपछि सुरु भएको थियो। अधिकारीहरूका अनुसार, संदिग्धले ट्राफिक जाँचका क्रममा एक स्टेट ट्रुपरलाई गोली हानेका थिए।

त्यसपछि उनले एक गाडी अपहरण गरी लेक्सिङटनस्थित रिचमण्ड रोड ब्याप्टिस्ट चर्चतर्फ गए, जहाँ उनले भक्तजनहरूमाथि गोली चलाए। पछि प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएका थिए।

काउन्टी कोरोनरको कार्यालयका एक अधिकारीका अनुसार मारिनेमा ७२ वर्षीया बेभर्ली गम र ३२ वर्षीया क्रिस्टिना कम्ब्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077