Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे ९ करोड खर्चेर मीनबहादुरले टिचिङमा बनाइदिए अर्को भवन, वार्षिकोत्सवको अवसरमा हस्तान्तरण

साढे ९ करोड खर्चेर मीनबहादुरले टिचिङमा बनाइदिए अर्को भवन, वार्षिकोत्सवको अवसरमा हस्तान्तरण

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । भाटभाटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङद्वारा त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित ईएचएस भवनको आज उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।

अस्पतालको वार्षिकोत्सवको दिन पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो । उक्त भवन ९ करोड ५० लाख लागतमा निर्माण गरिएको कार्यक्रममा जानकरी गराइएको थियो ।

भाटभटेनीका अध्यक्ष गुरुङले स्व. मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा उक्त भवन बनाइदिएका हुन् । यसअघि ०६८ सालमा पनि गुरुङले १० करोड रूपैयाँ लागतमा आकस्मिक कक्षको भवन बनाइदिएका थिए ।

भवन हस्तान्तरण कार्यक्रममा गुरुङले भने–‘२०६८ सालमा आकस्मिक कक्ष राख्ने भवन आवश्यक परेकाले १० करोडको लागतमा निर्माण गरेका थियौं । अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका छौं । भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरी सफा मनले सहयोग गर्न तयार छौं ।’

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धन धेरैले कमाए पनि दानपुण्यको काम कमैले मात्र गर्ने गरेको बताए ।

उनले भने–‘औधी खुसीको कुरा हो, दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्रा गुरुङजीले फेरि अर्को एउटा महत्त्वपूर्ण दान गर्नुभएको छ, सम्पूर्ण नेपाली जनताको हितको निम्ति । सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरून् भन्नका निम्ति ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077