एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि तीव्र आक्रोश व्यक्त गर्दै युक्रेनलाई ‘प्याट्रियट मिसाइल’ दिने घोषणा गरेका छन् ।
युक्रेनविरुद्ध रुसको आक्रमणलाई ‘रातको बम वर्षा’ भन्दै उनले पुटिनको व्यवहारलाई ‘दुईमुखे’ टिप्पणी गरेका हुन् ।
'पुटिन दिनमा मीठा कुरा गर्छन्, तर रातमा सबैलाई बमले उडाउँछन्। यो ठूलो समस्या हो, र मलाई यस्तो व्यवहार कदापि स्वीकार्य छैन,' ट्रम्पले भने।
उनले युक्रेनलाई रुसविरुद्धको युद्धमा सहयोग पुर्याउने उद्देश्यले अत्याधुनिक प्याट्रियट मिसाइल प्रणाली आवश्यक भएको बताए । उनले भने, 'युक्रेनी जनताको रक्षा र युरोपको सुरक्षा स्थायित्वका लागि अमेरिका पछि हट्न सक्दैन।' यो बयान नेटो महासचिव मार्क रुट युएस भ्रमणको तयारीमा रहेका बेला आएको हो ।