Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरमा छात्रवृत्तिका लागि १७ हजार ९२९ विद्यार्थीको आवेदन

काठमाडौं महानगरमा छात्रवृत्तिका लागि १७ हजार ९२९ विद्यार्थीको आवेदन

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा १७ हजार ९२९ जना विद्यार्थीले आवेदन दिएका छन्।

देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त भएको महानगरपालिकाले जनाएको छ।

यस वर्षका लागि असार १८ देखि २७ गतेसम्म आवेदन खुला गरिएको थियो, जसमा १७ हजार ९२९ जनाले आवेदन दिएको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले बताए । यीमध्ये ७ सय विद्यार्थीको आवेदन भने अस्वीकृत भएको छ।

अब आवेदन दिएकामध्ये १७ हजार २२९ जना विद्यार्थीले साउन ३ गते हुने परीक्षामा सहभागी हुन पाउनेछन्।

नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएर आएपछि २०८० देखि महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आफै परीक्षा लिन थालेको हो।

गएको दुई वर्षदेखि महानगरले आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था गरेको छ।

त्यसका लागि महानगरले नै परीक्षा सञ्चालन गरी प्रतिस्पर्धाका आधारमा विद्यार्थी सिफारिस गर्छ।

यस प्रक्रियामा पहिलो वर्ष ८ हजार विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये ३ हजार ५५९ जनाले पूर्ण छात्रवृत्ति प्राप्‍त गरेका थिए।

त्यसैगरी २०८१ मा १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्‍त गरी अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077