एजेन्सी । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्ने पहिलो भारतीय नागरिक शुभांशु शुक्लासहित चारजना अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन् ।
बीबीसीका अनुसार भारत, पोल्याण्ड र हङ्गेरीका गरी चार जना यात्री बोकेको अन्तरिक्ष यान आज प्रशान्त महासागरमा अवतरण भएको हो ।
ह्युस्टन कम्पनी एक्जिओम स्पेस कम्पनीले तीन हप्ताअघि चार जना यात्रीसहित चार्टर्ड उडान प्रक्षेपण गरेको थियो ।
चार सदस्यीय टोलीले केन्द्रमा ६० वटा बैज्ञानिक परीक्षण गरेकोमा तीमध्ये सात वटा भारतीय अन्तरिक्ष अनुसन्धान निकाय इसरोले गरेका परीक्षण हुन् ।
शुक्लाको एक सीट र तालिमका लागि इसरोले पाँच अर्ब भारतीय रुपैयाँ तिरेको थियो । शुक्ला आइएसएसमा पुग्ने पहिलो र अन्तरिक्ष यात्रा गर्ने दोस्रो भारतीय नागरिक बनेका छन् ।