Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मस्कोमा हमला गर्न जेलेन्स्कीलाई ट्रम्पले उचालेको पुटिनको आरोप, रुस भन्छ– कुनै सरोकार छैन

मस्कोमा हमला गर्न जेलेन्स्कीलाई ट्रम्पले उचालेको पुटिनको आरोप, रुस भन्छ– कुनै सरोकार छैन

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि आक्रमण गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रोत्साहन गरेको रुसले आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, जुलाई ४ मा भएको फोनवार्ताको क्रममा ट्रम्पले यदि अमेरिका लामो दूरीका हतियार उपलब्ध गराएमा युक्रेनले सिधै मस्कोमाथि हमला गर्न सक्छ कि सक्दैन भनेर सोधेका थिए ।

फोनका क्रममा ट्रम्पले जेलेन्स्कीलाई ‘तपाईं मस्कोमा प्रहार गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरेको समेत समाचारमा उल्लेख गरिएको छ ।

जवाफमा जेलेन्स्कीले तपाईंले हतियार दिनुभयो भने हामी निश्चित रूपमा सक्छौं भनेको समेत उल्लेख गरिएको छ ।

ट्रम्पले आफ्नो रणनीतिबारे स्पष्ट पार्दै भने–‘उनीहरूलाई पीडा महसुस गराउने र वार्ता टेबलमा ल्याउने हाम्रो उद्देश्य हो।‘

रिपोर्टअनुसार, पछिल्ला हप्ता रोममा भएको बैठकमा अमेरिकी पक्षले युक्रेनी राष्ट्रपति समक्ष सम्भावित हतियारहरूको सूचि प्रस्तुत गरेको थियो । सूचिमा लामो दूरीका आक्रमण प्रणालीहरू समावेश थिए।

फाइनान्सियल टाइम्सका अनुसार, युक्रेनले टोमहक मिसाइलजस्ता १६०० किमी दूरीसम्म प्रहार हुनसक्ने क्रूज मिसाइलको माग गरेको भए पनि ट्रम्प टोली र बाइडेन प्रशासन दुवै युक्रेनको संयमता अभावप्रति चिन्तित देखिन्छन्।

यद्यपि ट्रम्पले मंगलबार पत्रकारहरूसँग ‘जेलेन्स्कीले मस्कोलाई निशाना बनाउन हुँदैन ।’ भन्दै बोलेका थिए ।

उनले अमेरिका लामो दूरीका हतियार किभलाई दिन उत्सुक नभएपनि ५० दिनभित्र शान्ति सम्झौता नभएको खण्डमा रूसमाथि भारी भन्सार शुल्क र प्रतिबन्ध लगाउने भने बताए ।

यता, रूसले भने ट्रम्पको चेतावनीलाई सामान्य रूपमा लिएको देखिन्छ। रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले ट्रम्पको ‘नाटकीय अल्टिमेटम’ प्रति प्रतिक्रिया दिँदै भने–‘रूसलाई कुनै सरोकार छैन।‘

रूसको सरकारी समाचार संस्था टासका अनुसार, विदेशमन्त्री सर्गेई लावरोफले ५० दिनको समयसीमा बारे जान्न चाहेको बताएका छन् ।

उनले भने–‘५० दिनको यो अभिव्यक्तिको पछाडि के अर्थ लुकेको छ ? यसअघि पनि २४ घण्टा र १०० दिनको डेडलाइन दिइएको थियो। हामीले ती सबै देखिसकेका छौं र साँच्चिकै अमेरिकी राष्ट्रपति ट्रम्पको उद्देश्य बुझ्न चाहन्छौं।‘

वार्ताको क्रममा अमेरिकी अधिकारीहरूले अटाकम्स मिसाइलबारे पनि छलफल गरेको जनाइएको छ, जुन युक्रेनले रूस अधिनस्थ क्षेत्रहरूमा प्रयोग गर्दै आएको छ, तर यो मिसाइल मस्कोसम्म पुग्न सक्दैन । - एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077