Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्रुज समुदायको रक्षाका लागि सीरियामा आक्रमण गरेको इजरायली दाबी

ड्रुज समुदायको रक्षाका लागि सीरियामा आक्रमण गरेको इजरायली दाबी

बिहिवार , श्रावण १, २०८२

एजेन्सी । इजरायलले सीरियामा जारी द्वन्द्वमा ड्रुज समुदायको रक्षाका लागि भन्दै आक्रमण गरिएको दाबी गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जातीय हिंसा जारी रहेको र त्यसमा ‘ड्रुज समुदायका दाजुभाइको जीवन रक्षाका’ लागि आफूहरुले कारबाही गर्नुपरेको दाबी गरेका हुन्।

इजरायली सेनाले हिजो सिरियाको राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी क्षेत्र सुवेइदामा सरकारी सेनामाथि हवाई आक्रमण गरेको थियो।

त्यहाँ चार दिनदेखि जारी भएको जातीय हिंसामा ३ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको सिरियाली मानवअधिकार अनुगमन संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077