Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हसिनाको गृहजिल्लामा फेरि किन भड्कियो हिंसा ?

हसिनाको गृहजिल्लामा फेरि किन भड्कियो हिंसा ?

बिहिवार , श्रावण १, २०८२

काठमाडौं। बंगलादेशको गोपालगञ्ज जिल्लामा बुधबार नेशनल सिटिजन पार्टी (एनसीपी) को र्‍यालीलाई लिएर भएको हिंसात्मक झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम द डेली स्टारका अनुसार यो हिंसा एनसीपीको पूर्वनिर्धारितर्‍यालीलाई अवामी लिग (एएल) समर्थकहरूले विरोध गरेपछि भड्किएको हो ।

अवामी लिगको सबै राजनीतिक गतिविधिमाथि हालै सरकारले प्रतिबन्ध लगाएको भए पनि तनाव बढ्दै गएको थियो ।

गोपालगञ्ज बंगलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमान र उनकी छोरी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो ।

त्यहाँ एनसीपीले ‘जुलाई क्रान्ति’ को बार्षिकोत्सव मनाउन र्‍याली आयोजना गरेको थियो । तर, अवामी लिग समर्थकहरूले र्‍यालीमा बाधा पुर्‍याउने प्रयास गरेपछि स्थिति नियन्त्रणबाहिर पुगेको आन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरी, सेना र सीमा सुरक्षा बल (बीजीबी) सँगको झडपमा प्रदर्शनकारीहरूले बाँसका लट्ठी र ढुंगामुढा प्रयोग गरेको समाचारमा उल्लेख छ ।

हिंसापछि गोपालगञ्जमा बुधबार रात ८ बजेदेखि २२ घण्टे कफ्र्यू लागू गरिएको छ । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले यो हिंसालाई ‘मौलिक अधिकारको लज्जास्पद उल्लंघन’ भन्दै अवामी लिग र यसको विद्यार्थी संगठन छत्र लिगलाई दोषी ठहर्‍याएका छन् ।

एनसीपीका संयोजक हसनत अब्दुल्लाहले र्‍यालीमाथि आक्रमण भएपछि आफूहरूले प्रहरी कार्यालयमा शरण लिनुपरेको र जिउँदै जलाउने धम्की आएको बताए । एनसीपीले हिंसाको जवाफमा देशव्यापी नाकाबन्दीको आह्वान गरेको छ ।

गत वर्ष अगस्तमा शेख हसिनाको सरकार ढलेपछि देशमा अराजकता र भीड हिंसाको शृंखला बढ्दै गएको छ । अन्तरिम सरकारले सुरक्षा स्थिति नियन्त्रणमा ल्याउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077