एजेन्सी । भारतको बिहारको राजधानी पटनास्थित एक अस्पतालमा उपचाररत एक कैदीको गोली हानी हत्या गरिएको छ ।
पटनाको पारस अस्पतालमा उपचाररत बक्सर जिल्लाका कैदी चन्दन मिश्रलाई एउटा समूहले अस्पतालमै पसेर गोली हानी हत्या गरेको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार पारस अस्पताल राजधानी पटनाको राजा बजारमा अवस्थित छ र यो शहरको मुख्य अस्पतालहरू मध्ये एक हो । उनीमाथि केशरी नामक व्यक्तिको हत्या गरेको आरोप छ।
चन्दन मिश्रको विपक्षी समूहले अस्पतालमा प्रवेश गरेर धेरै राउन्ड गोली चलाइएको थियो । जसमा चन्दनको मृत्यु भएको बताइएको छ ।