एजेन्सी । दक्षिण कोरियाका केही भागमा बिहीबार धेरै भारी वर्षा भएको छ ।
मुलुकको मौसम एजेन्सीका अनुसार, त्यहाँ एक क्षेत्रमा सन् १९०४ मा पूर्ण रेकर्ड सुरु भएयता प्रतिघण्टा सबैभन्दा धेरै वर्षा भएको हो ।
दक्षिण कोरियामा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुन्छ तर देशको दक्षिण चुङचेओङ प्रान्तका तीन क्षेत्रले यसै साता रेकर्ड गरिएको सबैभन्दा भारी वर्षा अनुभव गरेको आधिकारिक मौसम तथ्यांकले देखाएको छ ।
पश्चिमी सिओसन क्षेत्रमा ११४.९ मिलिमिटर (४.५ इन्च) प्रतिघण्टाको उच्च वर्षा भएको थियो ।
यो स्तर सामान्यतया एक सय वर्षमा एक पटक मात्र देखिने बतायएको छ । यो सन् १९०४ पछि सबैभन्दा उच्च दर भएको दाबी छ ।