Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्पलाई सामान्य नसासम्बन्धी रोग

अमेरिकी राष्ट्रपति ट्रम्पलाई सामान्य नसासम्बन्धी रोग

शुक्रवार , श्रावण २, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नसासम्बन्धी सामान्य स्वास्थ्य समस्या देखिएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पको खुट्टाको तल्लो भागमा देखिएको सुन्निने अवस्था नसाको सामान्य रोगका कारण भएको स्पष्टिकरण प्रवक्ता क्यारोलिन लेभिटले दिएकी हुन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लेभिटले राष्ट्रपति ट्रम्पका निजी चिकित्सकको औपचारिक पत्र पढेर सुनाउँदै उनको स्वास्थ्य सामान्य रहेको पुष्टि गरिन् ।

उनका अनुसार, “राष्ट्रपतिलाई देखिएको सुन्निने अवस्था सामान्य छ र कुनै गम्भीर चिन्ताको विषय होइन।”

त्यस्तै, ट्रम्पको दाहिने हातमा देखिएको चोटको विषयमा पनि जानकारी दिँदै प्रवक्ता लेभिटले भनिन्, “हात मिलाउँदा लाग्ने सामान्य घाउ हो। राष्ट्रपति दिनहुँ ठूलो संख्यामा मानिसहरूसँग हात मिलाउनुहुन्छ, त्यसकै कारण हल्का चोट देखिएको हो।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077