Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौंले गर्र्‍यो छात्रवृत्तिको नतिजा प्रकाशन, विज्ञानमा सबैभन्दा बढी र मानविकीमा सबैभन्दा कम उतिर्ण

काठमाडौंले गर्र्‍यो छात्रवृत्तिको नतिजा प्रकाशन, विज्ञानमा सबैभन्दा बढी र मानविकीमा सबैभन्दा कम उतिर्ण

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि लिएको परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

शनिबार सम्पन्न परीक्षाको नतिजा महानगरले आज सार्वजनिक गरेको हो। महानगरका अनुसार, परीक्षामा १४ हजार १७३ जना विद्यार्थी सहभागी भएका थिए।

उत्तीर्ण परीक्षार्थीमध्ये ४ हजार ४९९ जना विद्यार्थीले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अनुमान रहेको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले बताए।

यस परीक्षामा शिक्षा संकायमा २५ वटा कोटा रहेकोमा ९ जाना छात्रा र १० जना छात्र गरी १९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

मानविकी संकायमा ११९ कोटा रहेकोमा ४ छात्रा र २ छात्र ६ जना उत्तीर्ण भएका छन्।

कानूनमा १०५ जनाको कोटा रहेकोमा ७३ छात्रा र ६२ छात्र गरी १३५ जना उत्तीर्ण भएका छन्।

व्यवस्थापनमा २ हजार ३१९ जनाको कोटा रहेकोमा ६९० छात्रा र १ हजार २६७ छात्र गरी १ हजार ९५७ जना उत्तीर्ण भएका छन्।

विज्ञानमा १ हजार ९३१ जनाको कोटा रहेकोमा ८ हजार ७५० जना उत्तीर्ण भएका छन्। विज्ञातर्फ उत्तीर्णमध्ये ३ हजार २८८ छात्रा, ५ हजार ४६० छात्र र २ जना अन्य छन्।

उत्तीर्ण विद्यार्थीले काठमाडौँ महानगरभित्रका १६१ वटा संस्थागत (निजी) विद्यालयमध्ये आफूले आवेदन भर्ने समयमा प्रथमिकताको आधारमा राखेका विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्।

महानगरपालिकाका अनुसार नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। त्यसका लागि साउन ५ गतेसम्म पुनर्योगका लागि निवेदन दिन पाइने न्यौपानेले बताए।

पुनर्योगको नतिजा प्रकाशनपछि मात्र परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम महानगरको शिक्षा विभागले नामांकनको सूची प्रकाशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077