Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

ओली र भण्डारीबीच करिब डेढ घन्टा 'वान टु वान' वार्ता, के कुराकानी भयो ?

ओली र भण्डारीबीच करिब डेढ घन्टा 'वान टु वान' वार्ता, के कुराकानी भयो ?

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । एमाले नेतृ विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच करिब डेढ घन्टा 'वान टु वान' भेटवार्ता भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुबचि आइतबार अपरान्ह डेढ घण्टा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको पूर्वराष्ट्रपति समेत रहेकी भण्डारीले बताइन् ।

डेढ घण्टा छलफलपछि सञ्चारकर्मीहरूसँग उनले राष्ट्रिय राजनीतिबारे कुरा भएको बताइन् । भण्डारीले सदस्यताको विषय पुरानो भइसकेको बताइन् । ‘पार्टी सदस्यताको विषय पुरानो हो,’ भण्डारीले भनिन्, ‘नवीकरण पनि भइसक्यो । तर आज यसबारेमा कुराकानी भएन ।’

छलफलपछि जानकारी दिँदै नेता कर्ण थापाले छलफल राम्रो भएको बताए । 'छलफल त उहाँहरूका बीचमा मात्रै भयो। उहाँहरूका बीचमा दुई घण्टा छलफल भयो। उहाँहरूका बडी ल्याङ्ग्वेज हेर्दाखेरि सकारात्मक देखेँ। उहाँहरूको हार्दिकता, सम्मान, निकै लामो समययता राजनीतिक सहकार्य चलेकोः भनेपछि उहाँहरू दुबै सकारात्मक हुनुहुन्छ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077