Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नेपाल–भारत गृह सचिवस्तरीय बैठक साउन ६ र ७ गते, गृहसचिव दुवाडीको नेतृत्वमा टोली भारत जाने

नेपाल–भारत गृह सचिवस्तरीय बैठक साउन ६ र ७ गते, गृहसचिव दुवाडीको नेतृत्वमा टोली भारत जाने

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । यही साउन ६ र ७ गते बस्ने नेपाल–भारत गृहसचिवस्तीय बैठकमा गृहसचव गोकर्णमणि दुवाडीको नेतृत्वमा टोली भारत भ्रमणमा जाने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृहसचव दुवाडीको नेतृत्वमा भारत भ्रमणमा जाने टोलीबारे निर्णय गरेको हो ।

गृहसचिव दुवाडीको नेतृत्वको १२ सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआईजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी हुँदै छन् ।

गृहसचिवस्तरीय संयन्त्रको बैठक ९ वर्षपछि बस्न लागेको हो। संयन्त्रको बैठक यसअघि सन् २०१६ मा बसेको थियो।

भारतको नयाँ दिल्लीमा मंगलबार र बुधबारगरि दुई दिनसम्म चल्ने बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मर्मत, लागूपदार्थ, मानव तस्करी, सीमा क्षेत्रमा संयुक्त गस्ती र निगरानी लगायतका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077