काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृ तथा पूर्व राष्ट्रपति विद्या भण्डारी र कांग्रेस नेता शेखर कोइरालाको हालको राजनीतिक सक्रियताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा भण्डारी र कांग्रेस नेता कोइरालाको सक्रियता बारे चर्चा गरेका हुन् ।
ओलीले आइतबार भण्डारीसँग च्यासलमा ‘वान टु वान’ भेटवार्ता भएको र अब आफूहरुबीच कुरा क्लियर भएको बताएका छन् । भण्डारीलाई राजनीतिक रूपमा उकास्ने प्रयास अब बन्द भएको दाबीसमेत उनले गरे ।
बैठकमा ओलीले कांग्रेस नेता कोइरालाले संसदमा 'गणितीय खेल' खेल्न खोजेको आरोप पनि लगाए । तर यस्तो प्रयास सफल नहुने बताएको स्रोतले बतायो ।
कोइराला पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड र आफ्ना पक्षीय सांसदहरूसँग पनि सक्रिय भेटघाटमा छन् ।