रूकुम पूर्व । रूकुम पूर्वमा जंगली च्याउ खाएपछि गम्भीर बिरामी भएका दुई जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वको भुमे गाउँपालिका – ५ सेराबाङकी ७ वर्षीया भाग्यरेखा विक र उनका भाइ ६ वर्षीय योजन विकको मृत्यु भएको हो ।
योजनको सोमबार सल्यान अस्पतालमा उपचारकै क्रममा र भाग्यरेखाको मंगलबार राति पौने १२ बजे दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।
च्याउ खाँदा बिरामी परेका उनीहरुकी आमा ३५ वर्षीया रामकुमारी सुनार र दिदी ९ वर्षीया आयुषा विकको उपचार जारी छ।
रामकुमारीको दाङमा र आयुषाको रुकुम पश्चिम अस्पतालमा उपचार भइरहेको छ । च्याउ पकाएर खाएको तीन दिनपछि परिवारका चारै जना गम्भीर बिरामी परेका थिए।