Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पूर्व राष्ट्रपतिकी छोरीले भनिन् - पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने अवस्थामा पुर्‍याउने रहेछन्

पूर्व राष्ट्रपतिकी छोरीले भनिन् - पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने अवस्थामा पुर्‍याउने रहेछन्

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने नेकपा एमाले केन्द्रीय कमिटीको निर्णयपछि उनकी छोरी उषा किरण भण्डारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन् ।

उनले उक्त निर्णय र त्यसमा पुग्न अपनाइएका ‘तिगडमहरू’प्रति आफू अचम्मित नरहेको र खुलारूपमा कुरा बाहिरिएकोमा खुसी भएको उल्लेख गरेकी हुन् ।

“तपाईंहरूमध्ये कतिजना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ रु निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन । म खुसी छु कि यो खुलारूपमा बाहिर आयो,” उनले फेसबुकमा लेखेकी छन् ।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उषाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई ुप्रकरणुको संज्ञा दिएकी छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भ जोड्दै उनले लेखेकी छन्, “मलाई उहिले लाग्थ्यो, किन उहाँ (पुष्पलाल)को परिवार नेकपा ९एमाले०प्रति नैतिक समर्थन दिन पनि देखिने गरी प्रस्तुत हुँदैन ? हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि पार्टीको समर्थनमा देखिने गरी उभिनू, नैतिक समर्थन गर्नू, टाढा नजानू भनेर भन्नुहुन्थ्यो ।”

तर, पछिल्लो घटनाक्रमबाट आफूले नयाँ अनुभूति गरेको उनको भनाइ छ । “विगतको एक महिनादेखि मलाई ज्ञान भयो– नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन् । र, तिनीहरूलाई नैतिक समर्थन चाहिँदैन पनि रहेछ । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद !”

हिजो मात्रै नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077