Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विद्या भण्डारीको सदस्यता नवीकरण स्वतः निष्क्रिय भयो : शंकर पोखरेल

विद्या भण्डारीको सदस्यता नवीकरण स्वतः निष्क्रिय भयो : शंकर पोखरेल

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताएका हुन् ।

विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उनले बताए।

‘हामीले निष्कर्ष (पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने) निकालेका छौं। हामीले यो निष्कर्ष निकालेपछि सदस्यताको विषय स्वतस् निष्क्रिय भएको छ। सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं,’ पोखरेलले भने।

एक वर्ष अघि नै नवीकरण भएको सदस्यताको विषय छलफलकै आधारमा सार्वजनिक नगरिएको पनि उनले बताए । तर, भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077