काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिस्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कम्युनिस्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको जिकिर गरे ।
उनले नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गरे ।
कम्युनिस्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी उनको छ । हालसम्म पनि कम्युनिष्टमा षड्यन्त्र गर्नेकुराको अन्त्य हुन नसकेको बताए ।