Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

गणतन्त्रमा अहिले झारपात पलाए, दलालहरूलाई खाल्टोमा हाल्छौँ : विप्लव

गणतन्त्रमा अहिले झारपात पलाए, दलालहरूलाई खाल्टोमा हाल्छौँ : विप्लव

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले दलालहरूलाई खाल्टोमा हाल्ने चेतावनी दिएका छन् । बुधबार काठमाडौँमा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले चेतावनी दिएका हुन् ।

‘दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ । गणतन्त्रमा अहिले झारपात पलाएका छन् । कुन फूल हो को दलाल हो जनता अलमलमा परेका छन् । जनताले थाहै नपाएर सुँघेर हिँडेका छन् । ढलेका पनि छन् । अब कुन फूल हो कुन झारपात हो प्रचण्ड र माधवले भन्न सक्नुपर्छ । हामी सबै मिल्यौँ भने दलालहरूलाई ढाल्न सक्छौँ, त्यो तागत हामीसँग छ’, उनले भने ।

दलाल पुँजीवादीहरूले कम्युनिस्टहरूलाई काम गर्न नदिने, बदनाम गर्ने, बाटो छेक्ने काम गरिरहेकाले त्यसलाई भत्काउनुपर्ने विप्लवले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077