Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आजबस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077