Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली

यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् । बिहीबार सामजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न सफल भएको बताए । उनले भने, 'यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं।'

यस्तै आफू सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको बताउँदै गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको उनले जिकिर गरे।

'हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ,' उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077