Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रचण्ड र बाबुरामले गद्दार गरे, लोकतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभीष्ट हो : गजुरेल

प्रचण्ड र बाबुरामले गद्दार गरे, लोकतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभीष्ट हो : गजुरेल

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताएका हुन् ।

बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने भन्दै उनले अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे ।

आफूहरू बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ ।

उनले भने–‘नेपाली कांग्रेसको एजेन्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लोकतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभीष्ट हो । यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077