Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

संसद बैठकमै प्रभु साहले भने–झुटको खेती गर्ने प्रधानमन्त्रीलाई सुधार्न सभामुखबाट रुलिङ होस्

संसद बैठकमै प्रभु साहले भने–झुटको खेती गर्ने प्रधानमन्त्रीलाई सुधार्न सभामुखबाट रुलिङ होस्

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत हुन नहुने भनेर यस निम्ति सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे ।

सांसद साहले भने–‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्ने, आँपलाई इम्लिी भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई विनाशतिर लाने कुरा कदापि स्वीकार्य छैन । यसलाई करेक्सन गर्न सभामुखबाट रुलिङ होस् ।’

प्रधानमन्त्रीले राम कहाँ जन्मेको जस्ता विषय बोलेको भनेर सांसद साहले आपत्ति जनाएका हुन् । उनले भनेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीराम नेपालमा जन्मेको कुरा पटक–पटक भनिराख्नु भएको छ उहाँ भन्नुहुन्छ राम चितवनमा जन्मेका छन्, चतरा विश्वामित्रका आश्रमस्थल हुन् । नेपाल को भूभागका असली वारिस आदिवासी जनजाति हो कि क्षेत्री बाहुन हो ?’

रामायण भनेको क्षेत्री बाहुनको पुरानो कथा भएको उल्लेख गर्दै उनले यदि क्षेत्री बाहुन यस भूभागका वारिस हो भने थारुहरु के हुन् भन्दै प्रश्न गरे ।

सांसद साहले भने–‘के चितवनका आदिवासी थारु होइन ? के चत्राका आदिवासी किराती होइन ? यदि किराती नै आदिवासी हो भने क्षेत्री बाहुनको कुरा यहाँ घुसाएर के भन्न खोज्नु भएको छ हामी जान्न चाहन्छौ । राजनीतिक स्टन्टको लागि जे पनि गर्ने झुटको खेती प्रधानमन्त्री जस्तो लेभलले गर्न मिल्छ कि मिल्दैन ?’

प्रधानमन्त्री र मन्त्रीले देशको नेतृत्व गरिराखेको ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

प्रधानमन्त्रीले देशलाई सही दिशा देखाउनुपर्ने उल्लेख गर्दै उनले भने–‘सबैलाई थाहा छ सत्यको बाटो हिड्यो भने समाजले सही दिशा लिन्छ । झुटले समाजले अन्धकारमा धकेल्छ, द्वन्द्वमा धकेल्छ र विनाश तिर लान्छ ।’

क्यान्सरको रोगलाई डाक्टरले टिभी लेखिदियो भने बिरामीले कहिले पनि उपचार प्राप्त गर्न नसक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको तहबाट गलत हुँदा पनि यस्तै हुने बताए ।
साहले भने–‘प्रधानमन्त्रीले हाम्रो समाजको वास्तविकता देखाउनु पर्ने हो । नेपाल कहिले पनि गुलाम भएन । यसको एउटै कारण हो– जनजाति आदिवासी यहाँको मूल बासिन्दा हो । जसको कारण हामी कहिले पनि गुलाम भएनौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077