Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारले गरे हस्ताक्षर

रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारले गरे हस्ताक्षर

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हालसम्म साढे २७ लाख हस्ताक्षर संकलन भएको छ ।

सभापति रविमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध हस्ताक्षर अभियान सुरु भएको एक महिनामा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका हुन् ।

रास्वपाका अनुसार अहिलेसम्म बागमती प्रदेशमा सबै भन्दा बढी हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालय तथा काठमाडौँ बाहेक बागमती प्रदेशका जिल्लाहरुबाट मात्रै ७ लाख १३ हजार ३ सय ३१ जनाले हस्ताक्षर गरेका छन् ।

काठमाडौँको चमतीस्थित केन्द्रिय कार्यालयमा उपस्थित भएर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५ सय १० रहेको छ भने काठमाडौँका अन्य बुथहरुबाट ७४ हजार १ सय १३ जनाले हस्ताक्षर गरेका छन् ।

प्रदेशगतरुपमा कोशी प्रदेशमा २ लाख १३ हजार १ सय ६ जनाले हस्ताक्षर गरेका छन् भने मधेसबाट १ लाख ४ हजार ३ सय ६० जनाले हस्ताक्षर गरेका छन् ।

यस्तै वागमती प्रदेशबाट ७ लाख १३ हजार ३ सय ३१ जना, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९ सय १४ जना, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१ जना, कर्णाली प्रदेशबाट ७२ हजार १ सय ४२ जना र सुदूरपश्चिम प्रदेशबाट १ लाख १० हजार ५ सय १२ जनाले लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

यस्तै ७ लाख ५ सय ५२ जनाको हस्ताक्षर भने ह्वाट्सएपबाट प्राप्त भएको रास्वपाले जनाएको छ । यस्तै इमेलबाट ८३ हजार ५ सय ६६ जनाले हस्ताक्षर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077