Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय [सूचीसहित]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय [सूचीसहित]

बिहिवार , श्रावण ८, २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गरेको छ ।

प्रवक्ता गुरुङ भने, ‘‘नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’’

बैठकले साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने ‘नेपाल दिवस’ कार्यक्रममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077