Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन आज, आगामी राजनीतिक यात्राबारे जानकारी दिने

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन आज, आगामी राजनीतिक यात्राबारे जानकारी दिने

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै छिन् ।

उनले दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।

नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने छिन् ।

भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने बताइएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।

आजको पत्रकार सम्मेलनबाट उनले भविष्यको राजनीतिक दिशा र रणनीतिबारे महत्वपूर्ण संकेत दिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077