Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेसको बैठक बुढानीलकण्ठमा

कांग्रेसको बैठक बुढानीलकण्ठमा

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको बैठक बुढानीलकण्ठमा बसिरहेको छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेसका मन्त्री, पदाधिकारी र पूर्वपदाधिकारी र सातै प्रदेशका नेतासमेत सहभागी बैठक बसिरहेको हो ।

नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेपछि डा. शेखर कोइरालाले पार्टीभित्र दबाब बढाएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्षपूरा भएकाले कमजोर कार्यसम्पादन रहेका मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने एमाले र कांग्रेसको तयारी छ । त्यसबारे पनि कुराकानी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077