Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्तावले कांग्रेस बैठकमा तरंग

‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्तावले कांग्रेस बैठकमा तरंग

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । निजामती सेवासम्बन्धी विधेयकमा रहेको ‘कुलिङ पिरियड’ हटाउने नेकपा एमाले सांसदहरूको संशोधन प्रस्ताव नेपाली कांग्रेसको आन्तरिक बैठकमा प्रवेश गरेको छ ।

बूढानीलकण्ठमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा नेताहरूले एमालेको कदम पार्टीबीचको सहमति विपरीत भएको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।

एमालेका राष्ट्रियसभा सदस्यहरूले विधेयकमा उल्लेखित दुई वर्षे कुलिङ पिरियडको व्यवस्था हटाउन संशोधन दर्ता गरेका छन् । तर कांग्रेस नेताहरूले यसलाई सैद्धान्तिक सहमतिविपरीतको कदम भन्दै असन्तोष व्यक्त गरेका छन् ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077