Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मधेशमा खानेपानीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री यादव

मधेशमा खानेपानीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री यादव

शुक्रवार , श्रावण ९, २०८२

वीरगन्ज । संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले मधेसको खानेपानी समस्या चाँडै समाधान हुने बताएका छन् ।

पर्साको ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा करिब १ हजार धुरी लाभान्वित हुनेगरी निर्माण सम्पन्न निर्मलबस्ती खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

तराई–मधेशका जिल्लाहरूले अहिले इतिहासकै एक गम्भीर जलसंकटको सामना गरिरहेको उनले बताए । यस्तो विकराल समयमा पनि नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न सरकार अहोरात्र खटिरहेको उनले बताए ।

उनले भने,‘मधेसको खानेपानी समस्या चाँडै समाधान हुनेमा म आम नागरिकमा विश्वास दिलाउन चाहन्छु ।’

खानेपानी मन्त्रालयकै विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि उनले बताए । कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ,उपाध्यक्ष गोकुलीकुमारी रेग्मी,निर्मलवस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी ,सदस्य, वडाध्यक्ष, सजपाका नेतालगायतका सहभागिता थियो ।

निर्मलबस्तीमा २ लाख २५ हजार लिट क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस,पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्मित निर्मलबस्ती खानेपानी आयोजनाको संघीय मन्त्री यादवले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077