Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पूर्वमन्त्री पाण्डेले पनि गरे रविको पक्षमा हस्ताक्षर

पूर्वमन्त्री पाण्डेले पनि गरे रविको पक्षमा हस्ताक्षर

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर पाण्डेले रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।

रवि लामिछाने नेतृत्वको रास्वपाले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ ।

राजाले शासनसत्ता कब्जा गरेका समय पाण्डे परराष्ट्रमन्त्री बनेक थिए । उनी पूर्वपत्रकार र कुटनीतिज्ञ पनि हुन् ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछाने अहिले भैरहवा कारागारमा छन् । रास्वपाले यसलाई ‘प्रतिशोध’ भन्दै रविका पक्षमा हस्ताक्षर सङ्कलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077