काठमाडौं । प्रतिनिधिसभाले संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप भएको छ ।
समिति अध्यक्ष जीवन परियारले कुलिङ पिरियडमा भएको त्रुटिमा अनुसन्धान गर्न समय अपुग भएकाले समय थप गरिदिन भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका थिए ।
सभामुख घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो।
समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन २१ दिनको म्याद दिएको थियो । कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा २३ असारमा समिति गठन गरिएको थियो ।