Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

खडेरीले आक्रान्त किसानका लागि तत्काल राहत र अनुदानको माग

खडेरीले आक्रान्त किसानका लागि तत्काल राहत र अनुदानको माग

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समयमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएका तराई–मधेशका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसदले किसानलाई विद्युत् महसुल छुटलगायत सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत्को महसुलमा सरकारले छुट दिनुपर्ने माग राखे ।

अव्यवस्थित विद्युतीय संरचनाका कारण बोरिङ र विद्युतीय पम्प चलाउँदा करेन्ट लागेर किसानले ज्यान गुमाइरहेका विषय पनि उनले संसद्मा उठाए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले तराई–मधेशका जिल्लामा देखिएको खडेरीको समस्याबाट प्रभावित किसानका लागि तत्काल राहत र अनुदानको प्याकेज घोषणा गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद योगेन्द्र मण्डलले अहिले खडेरीले किसान आक्रान्त भइरहेका बेला उनले पर्याप्त मात्रामा विद्युत् प्रयोग गर्न नपाएको विषय सदनमा उठाए। सिँचाइका लागि चाहिने विद्युत् प्रयोग गर्दा न्यून भोल्टेजका कारण समस्या हुने गरेको उनको भनाइ छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले जलवायु परिवर्तनका असर निरन्तर बढ्न थालेको उल्लेख गर्दै अहिले सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका जिल्लामा विशेष राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

बोरिङ सञ्चालन गर्दा विद्युत् कटौती हुने, ट्रान्सफर्मर चोरी हुनेलगायत समस्या आइरहेको उनले उल्लेख गरे । पानी नपरेका जिल्लामा खानेपानीको समस्या निरन्तर बढिरहेको उनले बताए ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले किसानले लगाएका धानबाली खडेरीका कारण सुक्न थालेको उल्लेख गर्दै सुख्खाग्रस्त सबै क्षेत्रको पहिचान गर्न र त्यहाँका किसानलाई राहत उपलब्ध गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077