Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विद्या भण्डारीले भनिन् - पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँ

विद्या भण्डारीले भनिन् - पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँ

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक पार्टीको सदस्यता नवीकरण गरेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

“पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ,” भण्डारीले भनिन्, “मैले सार्वजनिक नगरेकै अवस्थामा यो विषय सञ्चारमाध्यममा बाहिरियो। चुपचाप बस्नु उपयुक्त थिएन। त्यसैले अब खुलाएर भन्न चाहन्छु— म एमालेमा आवद्ध भएरै राजनीति अघि बढाउँदैछु।”

उनले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिँदै त्यो क्षण आफूका लागि भावनात्मक र निर्णायक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077