Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मेरो एमाले सदस्यता कसैले हटाउन सक्दैन : विद्या भण्डारी

मेरो एमाले सदस्यता कसैले हटाउन सक्दैन : विद्या भण्डारी

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले चाहेर हटाउन नसक्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफ्नो सदस्यता कसैको इच्छाले हट्न नसक्ने दाबी गर्दै पार्टी राजनीतिमा अझ सक्रिय हुने संकेत दिइन् ।

“कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो मलाई लाग्दैन,” भण्डारीले दोहोऱ्याउँदै भनिन्, “मैले सोचेर र बुझेर एमालेको सदस्यता नवीकरण गरेकी हुँ। पहिले पनि एमाले थिएँ, अहिले पनि एमाले हुँ भनेर बोलेको छु ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077