Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनमा के-के बोलिन् ? [पूर्णपाठ]

विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनमा के-के बोलिन् ? [पूर्णपाठ]

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय भएको घोषणापछि उठेका विवादहरूबारे पहिलोपटक खुलेर प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र र बाहिर आफूविरुद्ध उठाइएका टिप्पणी र भ्रमप्रति स्पष्ट सन्देश दिँदै आफ्नो राजनीतिक भूमिकामा कसैले रोक लगाउन नसक्ने दाबी गरिन् ।

“नेकपा एमालेमा मेरो संलग्नता र सदस्यता नवीकरणबारे सञ्चार जगतमा देखिएको चासोप्रति मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ,” भण्डारीले भनिन्, “एक जिम्मेवार नागरिकको नाताले मेरा बारेमा उठेको जिज्ञासालाई स्पष्ट पार्नु आवश्यक ठानेकी छु।”

पूर्वराष्ट्रपतिले २०८२ असार १४ गतेदेखि आफू पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी थिइन्। तर, एमालेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिक भूमिकामा फर्कन नदिने निर्णय गरेपछि यो विषयले गहिरो बहस ल्याएको थियो।

भण्डारीले भने त्यो निर्णय आफूमा बाध्यकारी नहुने स्पष्ट पार्दै भनिन्, “म सोचेर, बुझेर पार्टीको सदस्यता नवीकरण गरेकी हुँ। कसैको इच्छाले मेरो सदस्यता हट्दैन। मलाई कसैले रोक्न सक्दैन।”

उनले राष्ट्रपतिको संवैधानिक जिम्मेवारी पुरा गरेर एक साधारण नागरिकका रूपमा जनताको प्रश्नको सामना गरिरहेको उल्लेख गर्दै हालैको राजनीतिक सरोकारहरूबारे संवाद र स्पष्टीकरण अपरिहार्य भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077