काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूले २४ घन्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन् ।
शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक बोलाउन माग गरेको हो ।
पार्टीभित्रका तमाम विषयहरूका बारेमा छलफल गर्नुपर्ने भन्दै १२ जना केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेको गंगाराम चौधरीले जानकारी दिए।
पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिइएको उनले बताएका छन् ।
२४ घन्टाभित्र बैठक नबोलाइए साउन ११ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने बैठकले चेतावनी पनि दिएको छ ।